INSEC Online

📅 २०८३ जेष्ठ २१

बाजुरा हत्या घटनाको इन्सेकद्वारा स्थलगत अध्ययन तथा अनुगमन

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मङ्सिर ४ गते त्रिबेणी नगरपालिका–७ नाटेश्वरी आधारभुत्त विद्यालयको मतदान केन्द्रमा उत्पन्न विवादका कारण प्रहरीको गोली लागेर एक जनाको मृत्यु र नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटबाट एक जनाको मृत्यु भएको घटनाको अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्थलगत अनुगमन गरी तथ्य सङ्कलन गरेको छ ।

इन्सेक केन्द्रीय कार्यालयका कृष्ण गौतमको संयोजकत्वमा गठिन अनुगमन टोली ०७९ मङ्सिर ९ गते घटनास्थलमा पुगेर सरोकारवाला पक्षलाई भेटघाट गरी घटनाको सत्यतथ्य सूचनाहरु सङ्कलन गरेको थियो ।

अनुगमन टोलीले त्रिवेणी नगरपालिका–७ नाटेश्वरी आधारभुत विद्यालयको मतदान केन्द्र, चेतन अयडीलाई घरबाट निकालेर कुटपिट गरेको ठाउँ र उनका परिवार, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जिव अयडीका परिवारलाई भेटेर घटनाबारे घरमै गएर बुझेको छ घटनाका बारेमा सूचना सङ्कलन गरेको छ ।

अनुगमन टोलीले नेपाली कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार ब्रद्रिप्रसाद पाण्डे, नेपाली कांग्रेसका जिल्ला सभापति रामसिंह रावल, नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार कर्णबहादुर थापा, नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्यका उम्मेदवार लालबहादुर थापा, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, जिल्ला प्रहरी कार्यालयका एसपी सुर्य थापा, मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल लगायतलाई भेटघाट गरी घटनाका सम्बन्धमा सूचनाहरु सङ्कलन गरिएको स्थलगत अनुगमन टोलीका सदस्य रमेशप्रसाद तिमल्सिनाले बताउनु भयो ।

इन्सेक केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत कृष्ण गौतमको नेतृत्वमा गठिन स्थलगत अनुगमन टोलीमा इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिना, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका प्रतिनिधि राजकुमार चौधरी, एड्भोकेसी फोरमका तर्फबाट अधिवक्ता पुष्पबिक्रम शाही, इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंह रहनु भएको थियो ।

घटनाका सम्बन्धमा पीडित परिवार, प्रत्यक्षदर्शी, स्थानीय, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवलाहरुलाई भेटघाट गरी घटनाका सम्बन्धमा सूचनाहरु सइंकलन गरिएको र सोही आधारमा स्थलगत अध्ययन प्रतिवेदन तयार गरी केही दिन भित्रै सार्वजनकि गर्ने र सम्बन्धित निकायमा बुझाउने स्थलगत अध्ययन टोलीका संयोजक कृष्ण गौतमले बताउनु भयो ।

मङ्सिर ४ गते त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभुत विद्यालय मतदान केन्द्रमा  भएको विवादपश्चात प्रहरीको गोली लागेर नेपाली कांग्रेस समर्थक २५ वर्षीय सञ्जिव अयडीको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसपश्चात नेपाली कांग्रेसका कार्यकर्ताहरुले अनेरास्ववियुका केन्द्रीय सदस्य ३२ वर्षीय चेतन अयडीलाई घरको कोठाबाटै तानेर कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते अयडीके उपचारका क्रममा मृत्यु भएको पीडित परिवारले स्थलगत अध्ययन टोलीलाई जानकारी दियो ।

प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएका सञ्जिवको शवको दाहसंस्कार मङ्सिर ९ गते र चेतनके शवके दाहसंस्कार मङ्सिर १२ गते गरिएको थियो ।

चेतन अयडीको हत्यामा संलग्न २२ जनाको नाममा किटानी उजुरी परेकोले सोही आधारमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य थापाले बताउनु भयो ।

नेकपा एमालेले चेतनका हत्यारालाई गिरफ्तार गरी कानुनी कार्वाहीको माग राखेर आन्दोलनहरु सञ्चालन गरिरहेको छ ।

हत्यामा संलग्न व्यक्तिहरुलाई गिरफ्तार नगरुन्जेलसम्म आन्दोलन जारी राख्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताउनु भयो ।

photo20221204 (1)

photo20221204 (2)

photo20221204 (3)

photo20221204 (4)

photo20221204 (5)

photo20221204 (6)

photo20221204 (7)

photo20221204 (8)

photo20221204 (9) photo20221204 (10)

 

अन्य

भिडियो