निर्वाचन क्षेत्र नम्बर–३ प्रदेश सभा (२) का सत्ता गठबन्धनका उम्मेदवार अमरवहादुर साउदको से १ च १५९० नम्बरको गाडीमा अज्ञात पक्षले कात्तिक २७ गते तोडफोड गरेको छ ।
आसन्न मङ्सिर ४ गते हुने निर्वाचका लागि चुनावी प्रचारमा घरदैलो कार्यक्रम गर्ने क्रममा घोडाघोडी नगरपालिका–५ भगड्डीमा राखिएको गाडीमा अज्ञात पक्षले ढुङ्गा प्रहार गरी पछाडीको भागको शिसा तोडफोट गरेको इलाका प्रहरी कार्यालय, सुख्डका डिएसपी लक्ष्मण शाहीले बताउनु भयो ।
घटनाका अनुसन्धान तथा संलग्न पक्षको खोजी कार्य भइरहेको समेत डिएसपी शाहीले बताउनु भयो ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालयमा अज्ञात पक्षद्वारा कात्तिक २७ गते ढुङ्गा प्रहार गरी त्रैसित बनाउने कार्य भएको छ ।
कात्तिक २७ गते राती अज्ञात पक्षले कार्यालयको परिसर भित्र प्रवेश गरी कार्यालयमा ढुङ्गा प्रहार गरेर आतंकित पार्ने कार्य गरेको उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य रामलाल डगौराथारुले बताउनु भयो ।
ढुङ्गामुडाबाट भौतिक क्षति नभएको भएपनि निर्वाचनको समयमा आतंकित पार्ने कार्य भएको समेत डगौराथारुले बताउनु भयो ।
घटनाका सम्बन्धमा अहिलेसम्म लिखित तथा मौखिक कुनै जानकारी नआएको इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी हेम शाहीले बताउनु भयो ।