INSEC Online

📅 २०८३ जेष्ठ २१

चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार

गोरखा अस्पतालमा कार्यरत २० वर्षीय चिकित्सक अविनाश पराजुलीलाई कुटपिट गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–९ का २८ वर्षीय समिर कुँवर, सोही ठाउँका १९ वर्षीय अनुप बस्नेत र गोरखा नगरपालिका–३ का २६ वर्षीय प्रमोदजङ्ग कुँवरलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

आरोपितविरुद्ध कात्तिक १३ गते अभद्र व्यवहार अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताउनु भयो ।

ड्युटिमा रहेका पराजुलीलाई थाइराइड परीक्षण गराउन आएकी एक महिलाको रिपोर्टको विषयलाई लिएर आरोपितहरूले कात्तिक ६ गते कुटपिट गरेको पीडितको आरोप छ ।

अन्य

भिडियो