१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–५ वाङ्ला बलेवाङ्का २१ वर्षीय बलबहादुर मुखिया कुमाललाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७९ वैशाख ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी कात्तिक १४ गते म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर अर्जुन पौडेलले बताउनु भयो ।
बलात्कारबाट पीडितको गर्भ रहेको पीडत पक्षले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १३ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको छ ।