INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला कारागार लमजुङका एक कैदीको मृत्यु

जिल्ला कारागार लमजुङमा रहेका दुधपोखरी गाउँपालिका–१ का ३१ वर्षीय कैदी रोहनराज धितालको मृत्यु कात्तिक १३ गते बिहान भएको छ ।

बिहान २ बजे रोहनलाई सास फेर्न गाह्रो भएको सँगैका साथीले थाहा पाएपछि अरुलाई खबर गरेर जेलर ताराबहादुर तामाङलाई जानकारी दिएका थिए ।

जेलरले तुरुन्तै एम्बुलेन्समार्फत जिल्ला अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालले मुखबाट फिँज निकालेका रोहनको मृत्यु भइसकेको जनाएको थियो ।

बिरामीको अवस्था थाहा पाउने बित्तिकै उपचारका लागि अस्पाल पुर्‍¥याए पनि बचाउन सफल नभएको जेलर ताराबहादुर तामाङले जानकारी दिनु भयो ।

धिताललाई आपराधिक उपद्रव मुद्दामा ०७८ वैशाख १२ मा प्रहरीले गिरफ्तार गरेको थियो भने वैशाख २७ मा कारागार चलान गरेको थियो ।

अन्य

भिडियो