१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बाणगंगा नगरपालिका– ७ का २३ वर्षीय सौगात परियार र ३२ वर्षीय मिथुन थारू विरूद्ध पीडित पक्षले असोज २४ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितद्वयले असोज २० र २२ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।
अर्घाखाँची घर भई कपिलवस्तु मामाघरमा टिका लगाउन आएकी पीडितलाई असोज २० गते बाणगंगा नगरपालिका– २ पिपरादेखि चन्द्रौटा सम्म जाने गाडीमा चढेर गएको अवस्थामा प्रलोभन देखाएर सहचालक सौगात परियारले आफ्नै कोठामा दुई दिनसम्म राखेर बलात्कार गरेको र असोज २२ गते मिथुनले अर्घाखाँची घर सम्म पु¥याउने भन्दै मोटरसाईकलमा लगेर बाणगंगा नगरपालिका– ९ पडेरियामा बलात्कार गरेको पीडितले बताउनु भयो ।
बलात्कार पछि प्रतिक्षालयमा बस्न लगाएर मिथुन भागेको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण असोज २३ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।