शितगंगा नगरपालिका–३ ठाडाखस्र की ५१ वर्षीया मनकला भुसालको हत्या गरेको आरोपमा प्रहरीले पति ५४ वर्षीय पिताम्बर भुसाललाई असोज ८ गते गिरफ्तार गरेको छ ।
घरयासी विवादमा झगडा भए पछि पत्नीलाई आरोपितले असोज ७ गते मसला पिस्ने लोह्राले प्रहार गरेर हत्या गरेको भन्दै मृतक पक्षले असोज ८ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएका थिए ।
अरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाडाका इन्सपेक्टर होमनाथ रेग्मीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
शवको पोष्टमार्टम असोज ८ गते जिल्ला अस्पताल अर्घाखाँचीमा गरिएको छ ।