आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, कैलालीले भदौ २९ गते गोदावरी नगरपालिका–१२ का १८ वर्षीय रामबहादुर नेपालीलाई दुई वर्ष ६ महिना कैदको फैसला गरेको छ ।
भदौ २९ गते जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालको इजलाशले कसुर ठहर गरी दुई वर्ष ६ महिना कैद सजाय, पीडितलाई १ हजार रुपियाँ क्षतिपुर्ति र २ हजार ५ सय रुपियाँ जरिवाना भराउने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार राइभान कुञ्जेडाले बताउनु भयो ।
पीडितलाई ०७८ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले साउन १६ गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिनु भएको थियो ।
प्रहरीलेसरकारी वकिल कार्यालय मार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जवरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतको थुनछेक वहसपछि आरोपितलाई २०७८ भदौ १७ गते पुर्पक्षका लागि थुनामा राखिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण २०७८ साउन १६ गते सेती प्रादेशिक, अस्पताल धनगढीमा गरिएको थियो ।