INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार आयोगद्वारा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अवलोकन

राष्ट्रिय मानव अधिकार आयोगका आयुक्तद्वय डाक्टर सूर्य ढुङ्गेल र मनोज दुवाडी सहितको टोलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अवलोकन तथा छलफल गरेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ०७९ भदौ २९ गते र मेलमिलाप आयोगमा २७ गते अवलोकन तथा छलफल गरेको आयोगद्वारा ०७९ भदौ २९ गते जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ती आयोगमा रहेका उजूरीको व्यवस्थापन, फाइल तथा कागजपत्रहरूको सुरक्षा लगायतका वस्तुस्थितिको बारेमा जानकारी लिइएको विज्ञप्तिमा जनाइएको छ ।

हाल ती आयोगहरूमा पदाधिकारीहरू नरहेको अवस्थामा दुवै आयोगका सचिवहरु क्रमशः श्यामकुमार भट्टराई र तोयानाथ अधिकारीले उजूरीहरुको अवस्था, सोको सुरक्षा तथा विगतमा नेपाल सरकारसमक्ष गरिएका सिफारिशहरू र कार्यान्वयन अवस्थाको बारेमा आयोगको टोलीलाई जानकारी गराउनु भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएकको छ ।

साथै, दुवै आयोगहरू र राष्ट्रिय मानव अधिकार आयोगबीच सङ्क्रमणकालीन न्यायको कार्यलाई प्रभावकारी बनाउन आपसी समन्वय तथा सहयोग आदानप्रदानको कार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता लोकनाथ बास्तोलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो