INSEC Online

📅 २०८३ जेष्ठ २१

सुपरभाइजर श्रम शोषणमा, दर रेट भन्दा न्यून मूल्यमा काम गराइँदै

दार्चुला टिङ्कर सडक योजनाले जिल्ला दर रेट भन्दा कम मूल्यमा सुपरभाइजर र चौकीदार नियुक्त गरेको छ । टिङ्कर सडकको विभिन्न क्षेत्रमा कार्यरत सुपरभाइजरहरूले जिल्ला दर रेट भन्दा आधा कम मूल्यमा काम गर्नु परेको हो ।

तिङ्कर सडकले दैनिक मूल्यमा राखिएका नौ जना सुपरभाइजर र दुई जना चौकीदारको दैनिक पाउने मूल्य न्यून रहेको पीडित पक्षको आरोप छ । अहिले नौ जना सुपरभाइजर र दुई जना चौकीदारले प्रति दिन काम गरेबापत २ सय ८० रुपियाँ मात्र पाउने गरेका छन् । जिल्ला दररेट निर्धारण समितिले सुपरभाइजरलाई प्रतिदिन ५ सय र अदक्ष कर्मचारी अन्तर्गत पर्ने चौकीदारलाई ४ सय ७५ रुपियाँ मूल्य निर्धारण गरेको छ ।

दार्चुला टिङ्कर सडक योजनाका प्रमुख मनिशकुमार शाहले अहिले निर्माण काम नभएकोले कमै मूल्य दिएर सुपरभाइजर राखिएको बताए । ‘पहिले २ सय ५० रुपियाँ दिँदै आएका थियौँ ।’-उनले भने-‘यस आर्थिक वर्षदेखि बढाएर २ सय ८० रुपियाँ प्रति दिन निर्धारण गरिएको हो ।’

दार्चुला टिङ्कर सडक योजनाका सूचना अधिकारी दिनेश रैखोलाले उनीहरूकै इच्छा र सहमतिमा उक्त रकम दिएको बताए । ‘हामीले यति रकम दिन मिल्छ भनेका हौँ ।’-उनले भने-‘उनीहरू नै काम गर्न इच्छुक भएपछि राखिएको हो ।’

अन्य

भिडियो