INSEC Online

📅 २०८३ जेष्ठ २१

आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको समन्वयमा सहयोग प्रदान

इन्सेक प्रतिनिधिको पहलमा बेसीशहर नगरपालिका–११ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामग्री प्रदान गरेको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद रु. १५ हजार सहयोग उपलब्ध गराइएको छ ।

उक्त रकम प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले पीडित उजेली सार्कीलाई भदौ १९ गते आफ्नै कार्यकक्षमा हस्तान्तरण गर्नु भएको हो ।

आइते सार्की र उजेली सार्कीको एक तले घर यही साउन २४ गते बिहान खाना पकाउने ग्यास लिक भई आगलागी भएको थियो ।

आगलागीबाट घर जलेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका कारण यो परिवार विस्थापित भएको छ ।

आगलागीबाट घरभित्र भएका सम्पूर्ण लत्ता कपडा, भाँडावर्तन, नगद, महत्वपूर्ण कगजात लगायतका सामान जलेर नष्ट भएको छ ।

आगलागीको खबर पाउने बित्तिकै खाद्यान, लत्ता कपडा, जस्तापाता लगायतका सामग्री लिएर प्रदान गरेको जानकारी वडाध्यक्ष शिवबाबु जोशीले बताउनु भयो ।
photo20220905lamjung (1)

photo20220905lamjung (2)

photo20220905lamjung (3)

अन्य

भिडियो