INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा भारतको जम्बुकास्मिर जिल्ला पञ्चायत स्थायी घरभई तामाकोशी हाइड्रोपावरको प्रसारण लाइनको टावर निर्माण गर्ने कामदार २४ वर्षीय कुलदेव सिंहविरुद्ध ०७९ भदौ १६ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दर्ता भएको छ ।

पीडित बाटोमा हिँडिरहेको अवस्थामा आरोपितले ०७९ भदौ ४ गते हात समातेर बारीको पाटामा लगि बलात्कार गर्ने प्रयास गरेकोमा प्रतिकार गरी भाग्न सफल भएको पीडितको भनाई छ ।

पीडितको तर्फबाट आमाले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र नवलपुरमा ०७९ भदौ १६ गते गरियो ।

आरोपित फरार भएकाले खोजी कार्य जारी रहेएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो