जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेपछि ठाँउ अभाव भएको छ ।
सातायता बिरामीको सङ्ख्या बढेपछि ठाँउ अभावमा प्यासेज र हलमा बिरामीलाई राख्नु पर्ने अवस्था सिर्जना भएको छ ।
भाइरल ज्वरोका बिरामीले अपस्पताल खचाखच भरिएको छ । भाइरल ज्वरोले बिरामीको सङ्ख्या बढेपछि बिरामीलाई बेड अपुग भएको छ ।
बेड अपुग भएर बिरामीलाई अस्पतालको प्यासेज र हलमा राखेर उपचार गर्नु परेको अस्पताल प्रशासनले जनाएको छ ।
अहिले जिल्ला अस्पतालमा आउने अधिकांश बिरामी भाइरल ज्वरो देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनु भयो ।
सूचना अधिकारी खत्रीका अनुसार ०७९ वैशाखयता डेङ्गुका ५४ जना ,स्क्रबटाइपसका ४७ जना र १ सय ६ जना जनामा भाइरल ज्वरोका बिरामी भेटिएका छन् ।
भदौ १ गतेदेखि भदौ ९ गतेसम्मको अवधिमा १ हजार ७ सय ६४ जनाको स्वास्थ्य परीक्षण गदौ हजारको हाराहारीमा भाइरल ज्वरो पुष्टि भएको सूचना अधिकारी खत्रीले बताउनु भयो ।
अस्पतालमा अहिले दैनिकजसो भाइरलका बिरामीहरू आउने क्रम छ ।
रूघा खोकीका बिरामीहरूलाई औषधि दिएर घर पठाउने गरिए पनि भाइरल ज्वरोका बिरामीलाई भने बेडमा नै भर्ना गरी उपचार गर्नु पर्ने भएका कारण बिरामीलाई राख्ने बेड अभाव भएको खत्रीको भनाइ छ ।
भाइरल ज्वरोका बिरामीले जिल्लाका निजी अस्पतालसमेत भरिएका छन् । भाइरल ज्वरोले निजी अस्पताल मनकामना पोलिक्लिनिक अस्पताल तुम्लिङटार र गोपालभगत मेमोरियल अस्पतालमा भाइरलका बिरामीको सङ्ख्या उतिकै पाइएको छ ।
सरकारी अस्पतालमा बेड नपाएपछि कतिपय बिरामी निजी क्लिनिकमा भर्ना हुन बाध्य भएका छन् । यो वर्ष जिल्लामा भाइरल ज्वरोको प्रकोप अत्यधिक बढेको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ ।
भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्नेजस्ता समस्या हुने चिकित्सकको भनाइ छ ।
