११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, कैलालीले गोदावरी नगरपालिका–११ ओलानीका ४९ वर्षीय धौले भन्ने कर्णबहादुर बोहरालाई भदौ ८ गते १९ वर्ष कैद सजायको फैसला गरेको छ ।
भदौ ८ गते जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलाशले कसुर ठहर गरी १९ वर्ष कैद सजाय र पीडितलाई २ लाख क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार राइभान कुञ्जेडाले बताउनु भयो ।
बालिकालाई ०७७ चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले ०७८ वैशाख १६ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपित विरुद्ध सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा जवरजस्ति करणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतको थुनछेक वहसपछि आरोपितलाई ०७८ जेठ ७ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ वैशाख १६ गते सेती प्रादेशिक, अस्पताल धनगढीमा गरिएको थियो ।