INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलुहिंसा पीडितलाई कानुनी प्रकृयामा लैजान इन्सेकको सहयोग

घरेलुहिंसा पीडित चन्दननाथ नगरपालिका–५ कालेखोलीकी २५ वर्षीया पिंकी सुनारलाई कानुनी प्रकृयामा लैजान अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भदौ ६ गते सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा पुग्न समस्या भएको भन्दै इन्सेकद्वारा गठित जिल्ला स्तरीय सिफारिस संयन्त्र, जुम्लामा सहयोगको लागि पीडितले साउन ७ गते निवेदन दिएपछि इन्सेकबाट सहयोग रकम हस्तान्तरण भएको हो ।

मानव अधिकार सहायता कक्षको निर्णय अनुसार उक्त रकम हस्तान्तरण गरिएको इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनु भएको छ ।

जिल्ला अदालतमा उजुरी दिएपनि आर्थिक अवस्था कमजोर रहेकी पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियामा जान आउन समस्या भएको थियो । पीडित महिलालाई जिल्ला सिफारिस संयन्त्रका संयोजक तथा नेपाल पत्रकार महासङ्घ जुम्ला शाखाका अध्यक्ष नेत्रबहादुर शाहीले पाँच हजार रुपियाँ नगद हस्तान्तरण गर्नु भएको हो ।

चन्दननाथ नगरपालिका–५ कालेखोलीका २७ वर्षीय किसन सुनारसँग ०७३ माघ २ गते प्रेमविवाह भएपछि उहाँसँग चार वर्षीय एक छोरा रहेको जिल्ला अदालत, जुम्लामा ०७९ असार १६ गते दर्ता भएको सम्वन्ध विच्छेद उजुरी पत्रमा उल्लेख गरिएको छ ।

०७९ असार १२ गते घरका सामान र छोरासमेतलाई घर निकाला गरेको पीडित पिंकी सुनारले बताउनु भयो । उहाँले भन्नु भयो “घर निकाला गरेदेखि छोरासहित भाडाको कोठमा बस्दै आएकी छु ।”
PhotoJumla20220822

अन्य

भिडियो