INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

सुनवल नगरपालिका, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ३० गते सम्पत्तिको विवादमा भाउजुको गर्धनमा छुरा प्रहार गरेका थिए ।

घाइते भएकी महिलालाईरुपन्देहीको भैरहवा स्थित सिद्धार्थ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पीडित पक्षले आरोपित विरूद्ध साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाका छन् ।

आरोपितलाई  गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी  प्रेमबहादुर शाहीले बताउनु भयो ।

सम्पत्ति विवाद हुँदा छुरा प्रहार गरेको पीडितकी आमा सुशिला खड्काले बताउनु भयो ।

अन्य

भिडियो