बलात्कार घटनाका फरार आरोपित बाँके जिल्ला खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुल खाँलाई प्रहरीले १४ दिनपछि साउन २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका आरोपित इलाका प्रहरी कार्यालय मोतीपुरको हिरासतबाट साउन ९ गते फरार भएका थिए ।
पीडितलाई आरोपितले असार २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २३ गते इलाका प्रहरी कार्यालय मोतिपुरमा उजुरी दिएका थिए । प्रहरीले खाँलाई असार २३ गते गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।
गिरफ्तार गरिएका आरोपित खाना खाने समयमा प्रहरीलाई झुक्याएर भागेका थिए । जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्यप्रकाश सुवेदीले आरेपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण बर्दिया अस्पतालमा असार २२ गते गरिएको थियो ।