INSEC Online

📅 २०८३ जेष्ठ २१

बञ्चरो प्रहार गरी बुबाको हत्या, घटनाका आरोपित गिरफ्तार

डिलाशैनी गाउँपालिका–५ सेराका ६९ वर्षीय बुबा अन्तराम जोशीमाथि बञ्चरो प्रहरा गरी हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय लोकेन्द्र जोशीलाई साउन १३ गते गिरफ्तार गरेको छ ।

बञ्चरो प्रहार गरी बृद्ध बुबाको हत्या गरेपछि घटनामा संलग्न लोकेन्द्रलाई गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकराज जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

मानसिक अवस्था ठिक नभएका लोकेन्द्रले साउन १३ गते बिहान ठेकीधुन बाहिर आउने क्रममा बञ्चरोले घाँटी छिनाली बुबाको हत्या गरेका हुन् ।

मानसिक स्थिति ठिक नभएका दाजुले बुवाको हत्या गरेपछि प्रहरीले गिरफ्तार गरेको र आमाको पनि केही वर्ष अगाडी मृत्यु भइसकेकोले आफू अभिभावक विहिन भएको १७ वर्षीया रमीता जोशीले बताउनु भयो ।

शवको पोष्टमार्टम साउन १३ गते गोकुलेश्वर अस्पतालमा भएपछि सोही दिन आफन्तहरुले शवको दाहासंस्कार गरेका थिए ।

अन्य

भिडियो