१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले स्वर्गद्वारी नगरपालिका– १ का २२ वर्षीय सन्तोष दमाई विरूद्ध जिल्ला प्रहरी कार्यालय प्यूठानमा साउन ६ गते उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले साउन ४ गते बलात्कार पछि फरार रहेको भन्दै पीडित पक्षको उजुरी आएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबहादुर विकले बताउनु भयो ।
आरोपित फरार रहेको र खोजी भइरहेको इन्स्पेक्टर विकले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।