नमोबुद्ध नगरपालिका–५ निवासी एमालेका कार्यकर्ता ३० वर्षीय डेनीदोर्जी लामा र ६१ वर्षीया जीतमाया लामालाई कुटपिट गरेको आरोपमा साोही ठाउँ निवासी नेपाली कांग्रेसका कार्यकर्ता ४९ वर्षीय ज्ञानबहादुर तामाङलाई प्रहरीले ०७९ साउन २ गते घरबाटै गिरफ्तार गरेको छ ।
्पीडितहरूलाई घरैमा बसिरहेकाबेला साउन १ गते अपराह्न ५.३० बजेतिर काग्रेस कार्यकर्र्ता लामाले लाठी, लात्ती र मुक्का प्रहार गर्दा जीतमायाको छाती र निधार तथा डेनीजोर्जीको मुख र पाखुरमा चोट लागेको छ ।
घाइते दुवैलाई उपाचारको लागि साउन २ गते धुलिखेल अस्पतालमा भर्ना गरिएकोमा साउन ३ गते उपाचारपछि घर फर्किएका छन् ।
पीडितका आफन्तले आरोपति लामाविरुद्ध साउन २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी हरि खतिवडाले बताउनु भयो ।
घटनामा संलग्न एउटै गाउँका भएकोले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थिति गराउन तेमाल प्रहरी चौकीमा पत्राचार गरिएको डिएसपी खतिवडाले जानकारी दिुन भयो ।
