६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका– ६ का २६ वर्षीय मानबहादुर रिजालीलाई असार ३२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार ३२ गते घरको पछाडी लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १ गते इलाका प्रहरी कार्यालय ढोढरीमा उजुरी दिएका थिए ।
घटनाको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले घटना स्थलबाटै गिरफ्तार गरेको हो ।
इलाका प्रहरी कार्यालय ढोढरीका इन्स्पेक्टर मोहनजंग बुढ थापाले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ३२ गते बर्दिया अस्पतालमा गरिएको छ ।