INSEC Online

📅 २०८३ जेष्ठ २१

माउण्टेण्ट हेलिकप्टरका तीनजना टेक्निसियनमाथि कुटपिट

सिमकोटका लागि कर्णाली कोरिडोरको सलिसल्लाबाट खाद्यन्न ढुवानी गर्दै आएको नाइन एन एक केभी कलसाइनको फिस्टेल हेलिकोप्टरमा टेक्निसियनका रुपमा काम गर्दै आएका सर्केगाड गाउँपालिका–७ रोडिकोटका २८ वर्षीय धनराज शाही, सोलुखम्वु जिल्ला दुधकुण्ड नपा–७ का पूर्ण तामाङ्ग र बाँके जिल्ला घरभई हुम्लामा बस्दै आएका २९ वर्षीय हरि घर्तीलाई सर्केगाड गाउँपालिकाको सलिसल्ला सडकमा स्थानीय यातायात समितिमा काम गर्ने सर्केगाड गाउँपालिका–५ गोठीका ३३ वर्षीय सोभन शाही, सोही ठाउँका २५ वर्षीय भरत मल्ल, २४ वर्षीय दिर्घ सिंह र चंखेली गाउँपालिका–४ पिप्लाङ्गका २६ वर्षीय गणेश शाहीले असार ३१ गते कुटपिट गरेका छन ।

हेलिकोप्टरको नियमित काम सकेर बेलुका बासस्थानतर्फ जाँदै गरेको अवस्थामा सर्केगाड र चंखेली गाउँपालिकको बीचमा रहेको सलिसल्लाको सडकमा स्थानीय यातायात समितिमा काम गर्ने चारजनाले कुटपिट गरेपछि घटनामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै असार ३२ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएको हेलिकप्टरका टेक्निसियन पूर्ण तामाङ्गले जानकारी दिनु भएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चारै जनालाई असार ३२ गते गिरफ्तार गरेको छ ।

पूर्ण तामाङ्गका अनुसार हामी काम सकेर १५ मिनेटको दुरीमा रहेको क्याम्पमा जाँदै थियौँ, बाटोमा हाम्रो अनुमति विना किन बाइक चढेको भन्दै आक्रोसित भएर हामीमाथि अचानक झम्टेर कुटपिट गरेका हुन् । कुटपिटबाट देखिने घाउ नभएपनि शरीर धेरै दुखेको तामाङ्गले दावी गर्नु भयो ।

सिमकोटको लागि चामल ढुवानी गर्दै आएको हेलिकप्टरका प्राविधिकले ग्राउण्डको काम र फ्यूलिङ्ग लगायतको काम गर्दै आएका कर्मचारीलाई राती बाटोमा कुटपिट गरेको घटनामा संलग्न चारजनालाई पीडितको उजुरीका आधारमा गिरफ्तार गरिएको डीएसपी कृष्णराज ओझाले जानकारी दिनु भएको छ ।

कुटपिटबाट घाइते भएका तीनै जनाको असार ३२ गते स्वास्थ्य कार्यालय, हुम्लामा उपचार भएको स्वास्थ्य कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भयो ।

अन्य

भिडियो