INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रहरीले रूरूक्षेत्र गाउँपालिका– ३ का ४० वर्षीय रामहरि ज्ञवालीलाई असार २ गते गिरफ्तार गरेको छ ।

कक्षा तीनमा अध्ययनर बालिकालाई आरोपितले अन्तिम पटक  जेठ १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको  डिएसपी माधवराज खरेलले जानकारी दिनु भयो ।

बाल यौन दुरूपयोग मुद्दा दर्ता गरेपछि आरोपितलाई गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइएको खरेलले बताउनु भयो ।

आरोपितले विद्यालयका अन्य बालिकाहरूलाई समेत दुर्व्यवहार गर्ने गरेको र गाउँमा मिलाएको पीडितका बुवाले आरोप लगाउनु भयो ।

आरोपित ज्ञवालीले आफूले पढाउने सन्दर्भमा कहिले काही छोएपनि नियतबस कुनै दुर्व्यवहार नगरेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  असार १ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।

अन्य

भिडियो