नौ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रहरीले रूरूक्षेत्र गाउँपालिका– ३ का ४० वर्षीय रामहरि ज्ञवालीलाई असार २ गते गिरफ्तार गरेको छ ।
कक्षा तीनमा अध्ययनर बालिकालाई आरोपितले अन्तिम पटक जेठ १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी माधवराज खरेलले जानकारी दिनु भयो ।
बाल यौन दुरूपयोग मुद्दा दर्ता गरेपछि आरोपितलाई गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइएको खरेलले बताउनु भयो ।
आरोपितले विद्यालयका अन्य बालिकाहरूलाई समेत दुर्व्यवहार गर्ने गरेको र गाउँमा मिलाएको पीडितका बुवाले आरोप लगाउनु भयो ।
आरोपित ज्ञवालीले आफूले पढाउने सन्दर्भमा कहिले काही छोएपनि नियतबस कुनै दुर्व्यवहार नगरेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।