INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षक जिल्ला संयोजकमा इन्सेक प्रतिनिधि चयन

मानव अधिकार रक्षक जिल्ला संजालको संयोजकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साह चयन हुनु भएको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा असार २० गते सम्पन्न मानव अधिकारकर्मीहरूको भेलाले इन्सेक प्रतिनिधि साहलाई सर्वसम्मत चयन गरिएको हो ।

सञ्जालको सचिवमा ओरेक नेपाल महोत्तरी कार्यक्रम संयोजक लिला दियालीलाई चयन गरिएको छ । त्यसैगरी सचिवालय सदस्यहरूमा आरवाइसीका कार्यक्रम संयोजक पुजनारायण साह, एसडीसीका जितेन्द्र पासवान, चौतारी नेपालका रामवरण यादव, महिला अधिकार सञ्जाल महोत्तरीका अध्यक्ष काजल नागवंशी, महिला अधिकारकर्मी इसरागन यादव, नेपाल अपाङ्ग सङ्घ महोत्तरीका सचिव मधु महतो, थर्ड एलाइन्सका अर्जुन साह, महिला सचेतना केन्द्रका साधना बर्मा, मानव अधिकारका लागि एकला महिलाका कल्पना ढकाल रहेका छन् ।

सल्लाहकारहरूमा नेपाल रेडक्रस महोत्तरीका अध्यक्ष दिपक मिश्र, राष्ट्रिय दलित समाज कल्याण सङ्घका विक्रम पासवान, स्पर्श नेपालका अनिलकुमार साह, महिला अधिकारकर्मी रेखा झा, सञ्चारकर्मी रञ्जन भण्डारी रहेका छन् ।

नवगठित सञ्जालको आवश्यक्ता अनुसार आकस्मिक बैठक बाहेक अहिले दुई महिनामा एक पटक अनिवार्य बैठक बस्ने र सञ्जालको सचिवालय ओरेक नेपालको महोत्तरी कार्यालयमा रहने निर्णय गरिएको छ ।

अन्य

भिडियो