INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारसम्बन्धी पाँचौँ कार्ययोजना प्रदेश समन्वय समिति सदस्यमा इन्सेक मनोनित

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यलयले गण्डकी प्रदेशले मानव अधिकारसम्बन्धी पाँचौँ कार्ययोजना प्रदेश समन्वय समिति सदस्यमा इन्सेकलाई मनोनित गरेको छ ।

समन्वय समितिका संयोजक समेत रहनुभएका प्रमुख सचिव रविलाल पन्थले सदस्यमा इन्सेक गण्डकी संयोजक शिव खकुरेललाई मनोनित गर्नुभएको हो ।

समितिमा सदस्यको रुपमा संयोजकले एक जना महिला सहित नागरिक समाजका तीन जना प्रतिनिधि मनोनित गर्न पाउने व्यवस्था रहेको छ ।

प्रदेश समन्वय समितिमा प्रमुख सचिव संयोजक, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयका सचिव (कानुन हेर्ने¬) सदस्य सचिव र सबै मन्त्रलायका सचिव, प्रदेश प्रहरी प्रमुख, मुख्य न्यायधिवक्ताको कार्यलयका प्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि र नागरिक समाजका तीन जना प्रतिनिधि रहेका छन् ।

समन्वय समितिको दोस्रो बैठक असार २१ गते मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमा बसेको छ ।

यसअघि ०७८ चैत १३ मानव अधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति कास्कीको सदस्यको रुपमा इन्सेकलाई मनोनित गरिएको थियो ।

अन्य

भिडियो