१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले सन्धिखर्क नगरपालिका–११ जैमार भिरमुनिका ४५ वर्षीय रमेश नेपालीलाई जन्म कैदसहित ६ लाख रूपियाँ जरिवानाको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश बासुदेब न्यौपानेको असार १३ गतेको इजलासले कसुर ठहर गर्दै जन्म कैद र पीडितले पाउने गरी ५० हजार रूपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका नासु रामप्रसाद आचार्यले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७७ चैत ५ गते बलात्कार गरेको भन्दै पीडित पक्ष्ँले आरोपित विरूद्ध चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीको आधारमा प्रहरीले आरोपितलाई चैत ५ गते गिरफ्तार गरी जिल्ला अदालतमा चैत ३० गते जबरजस्ती करणी अभियोगमा मुद्दा पेश भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७७ चैत ५ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको थियो ।