INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कारमा १० वर्ष कैद फैसला

१६ वर्षीया बालिका बलात्कार कसुरमा बारा जिल्ला कोल्हवी नगरपालिका–९ का ३१ वर्षीय जियालाल महरालाई जिल्ला अदालत चितवनले १० वर्ष कैद सजाय फैसला सुनाएको छ ।

न्यायधीश अवनी मैनाली भट्टराईको इजलासले ०७९ असार ५ गते उक्त फैसला गरेको हो ।

महरालाई बलात्कारको कसुरमा १० वर्ष कैद, ४ लाख जरिवाना र १ लाख क्षतिपूर्ती भराउने फैसला भएको अदालतका सूचना अधिकारी इश्वर आचार्यले जानकारी दिनुभयो ।

पीडित बालिकालाई ०७८ पुस २० गते बलात्कार गरेको भन्दै महराविरुद्ध पीडित पक्षले माघ ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।

बालिकाकोस्वास्थ्य परीक्षण माघ ७ गते भरतपुर अस्पतालमा भएको थियो ।

महरा जिल्ला अदालतको आदेशमा फागुन ३ गते पूर्पक्षका लागि थुनामा गएका थिए ।

अन्य

भिडियो