INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २५ वर्षीय पतिलाई जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मादक पदार्थ सेवन गरेर कुटपिट गर्दै सहमति बिना जेठ २५ गते बलात्कार गरेको भन्दै पीडितले जेठ २७ गते आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेलले जानकारी दिनुभयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको  डिएसपी खरेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २७ गते गुल्मी अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो