१४ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– १२ भटौलीयाका २० वर्षीय महोम्मद साफिक अन्सारीलाई जेठ ३० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७८ चैत २८ गतेदेखि ०७९ जेठ २९ गतेसम्म बर्दघाट नपा–१२ मा कोठा भाडामा लिएर बन्धक बनाएको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेमबहादुर शाहीले बताउनु भयो ।
पीडितकी आमाका अनुसार नाबालक छोरीलाई विभिन्न प्रलोभनमा देखाएर विगत दुई महिनादेखि बन्धक बनाएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ३० गते जिल्ला अस्पताल गरिएको र सोही दिन परिवारको जिम्मा लगाइएको डिएसपी प्रेमबहादुर शाहीले बताउनु भयो ।