INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा शरिर बन्धक घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– १२ भटौलीयाका २० वर्षीय महोम्मद साफिक अन्सारीलाई जेठ ३० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७८ चैत २८ गतेदेखि ०७९  जेठ २९ गतेसम्म बर्दघाट नपा–१२ मा कोठा भाडामा लिएर बन्धक बनाएको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेमबहादुर शाहीले बताउनु भयो ।

पीडितकी आमाका अनुसार नाबालक छोरीलाई विभिन्न प्रलोभनमा देखाएर विगत दुई महिनादेखि बन्धक बनाएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ३० गते जिल्ला अस्पताल गरिएको र सोही दिन परिवारको जिम्मा लगाइएको डिएसपी प्रेमबहादुर शाहीले बताउनु भयो ।

अन्य

भिडियो