जलेश्वर नपा-१२ भिट्ठामोड मलिवाराका ११ वर्षीय क्युट भनिने निश्चल पाण्डेयको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले जलेश्वर नपा-१ का २८ वर्षीय पप्पु यादव र जलेश्वर नपा-६ का २१ वर्षीय गोविन्द कुमार मिश्रलाई जन्म कैदको फैसला सुनाएको छ ।
जिल्ला अदालतले वैशाख १५ गते सुनाएको फैसलामा जलेश्वर नपा-८ का २५ वर्षीय शिवम चौधरीलाई ११ वर्षकैदसहित ५० हजार रुपियाँ जरिबाना तिर्न भनिएको छ । घटनाका आरोपित जलेश्वर नपा-१२ का २८ वर्षीय सरोज पाण्डेय र ३२ वर्षीय सञ्जिव मिश्रलाई भने अदालतले सफाई दिएको छ ।
०७२ पुस ३० गते साँझ ६ बजेको समयमा जलेश्वर नपा-१२ स्थित भिट्ठामोडबाट बालक निश्चलकुमार पाण्डेयको अपहरणपछि हत्या भएको थियो ।
अपहरणपछि सोही दिन बालकको नाक, मुख, घाँटी थिची हत्या गरी जलेश्वर नपा-१३ स्थित खरघारीमा गाडेको थियो ।