सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्यूठान नगरपालिका– ३ का २५ वर्षीय गोविन्द्र विकलाई जेठ २५ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ २३ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले जेठ २४ गते इलाका प्रहरी कार्यालय बिजुवारमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लालबहादुर विकले बताउनु भयो ।
बालिका खेली रहेको समयमा यौन दुर्व्यवहार गरेको पीडितका आफन्तले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।