INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  १४ वर्षीय बालकलाई प्रहरीले ०७९ जेठ १९ गते कोन्ज्योसोम गाउँपालिकाबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ललाई फकाई ०७९ वैशाख ११ गतेदेखि आरोपितले पटक पटक बलात्कार गर्दै आएकोमा भन्दै पीडित पक्षले जेठ १८ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

आरोपितलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसपी सिद्धिविक्रम साहले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १९ गते नै पाटन अस्पताल गरियो ।

अन्य

भिडियो