११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले ०७९ जेठ १९ गते कोन्ज्योसोम गाउँपालिकाबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ललाई फकाई ०७९ वैशाख ११ गतेदेखि आरोपितले पटक पटक बलात्कार गर्दै आएकोमा भन्दै पीडित पक्षले जेठ १८ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।
आरोपितलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसपी सिद्धिविक्रम साहले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १९ गते नै पाटन अस्पताल गरियो ।