त्रियुगा नपा-१३ असारीकी ४६ वर्षीया सीता गुरुङको हत्या गरेको आरोपमा प्रहरीले वैशाख १२ गते ६२ वर्षीय पति मनबहादुर घले गुरुङलाई गिरफ्तार गरेको छ ।
वैशाख ९ गते राति मदिरासेवन गरी घर पुगेका मनबहादुर र सीताबिच झगडा भएपछि आरोपितले कुटपिट गरी सीताको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नरबहादुर केसीले जानकारी दिए ।
पत्नीको हत्या गरेपछि मनबहादुरले प्रहरीसमक्ष भने आत्महत्या गरेर मरेको बयान दिएका थिए । मृतकको शवको पोष्टमार्टम वैशाख १० गते जिल्ला अस्पतालमा गरिएको छ ।