INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय भवनको छाना नहुँदा पठनपाठन प्रभावित

सुनछहरी गाउँपालिका–३ मौलावनस्थित श्री चौबारी कुइपाधारा प्राविको भवनमा छाना नहुँदा पठन पाठन प्रभावित बनेको छ ।

गत  वैशाख १६ गते आएको हावाहुरीले छाना उडाएको र विद्यालयको भवन समेत भत्किएको थियो । एक महिना बितिसक्दासमेत भवनमा छाना लगाउन नसके पछि पठन पाठन प्रभावित बनेको हो ।

 स्थानीय तह निर्वाचनका कारण समयमै मर्मतको काम गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेशन घर्ती मगरले बताउनु भयो ।

कक्षा १ देखि ५ सम्म पठन पाठन हुने उक्त विद्यालयमा१ सय १४ जना विद्यार्थीहरूले अध्यन गर्दै आएका छन ।

विद्यालय मर्मतकोलागि गाउँपालिकामा पहल भएको थियो । गाउँपालिकाले उपभोक्ता समिति गठन गरेर पठाउन भनेपछि उपभोक्ता समिति गठन गरेर पठाएको प्राधानध्यापक बसन्ता पोख्रेलले जानकारी दिनुभयो । गाउँपालिकाका अन्य विद्यालयहरू जेठ ९ गतेबाट सन्चालनमा आएका छन ।

विद्यालयमा पाठ्यपुस्तक वितरण भएपनि विद्यालयको छानो नै नभएका कारण नियमित पठन पाठन सन्चालन हुन सकेको छैन ।

विद्यालय भवनको तीन वटा कोठा पूर्णरुपमा क्षति पुगेको छ भने बाँकी दुई वटा कोठामा भित्र र बाहिर गरि विद्यालय सञ्चालन गरेको प्रधानाध्यापक बसन्ता पोख्रेलले बताउनु भयो । दुई वटा कोठामा विद्यार्थीहरू राखेर पठन पाठन गराउन समस्या भएको उहाँको भनाइ छ ।

सुनछहरी गाउँपालिका शिक्षा शाखा प्रमुख रेगबहादुर पुन मगरले स्थानीयत तह निर्वाचनका कारण ढिलाई भए पनि कामलाई अगाडि बढाएको र छिट्टै मर्मतको काम हुने बताउनु भयो ।

अन्य

भिडियो