सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका–७ बामरुकका ३५ वर्षीय कमल महतलाई जेठ १४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ १४ गते घर नजिकैको गोठमा यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शंकर थापाले बताउनु भयो ।
उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया आगाडि बढाइएको इन्सपेक्टर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १४ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको छ ।