INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारको संरक्षणमा प्रतिवद्ध बनौँः सभामुख सानुकुमार श्रेष्ठ

बागमती प्रदेश सभामुख सानुकुमार श्रेष्ठले सबै व्यक्ति र पक्षहरू मिलेर मानव अधिकारको संरक्षणमा प्रतिवद्ध बन्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिकोत्सवको अवसरमा बागमती प्रदेश कार्यालयको आयोजनामा ०७९ जेठ १३ गते हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले मानव अधिकारको विषय कोही व्यक्ति विशेषले मात्र नभई सबैले समान अपनत्व लिएमात्रै संरक्षण सफल हुने बताउनु भएको हो ।

व्यक्तिको आचरणले अधिकारको विषयमा नागरिकलाई जागरुक बनाउँछ भन्दै उहाँले नागरिकलाई आधिकारका साथसाथै कर्तव्य पनि बुझाउदै जानुपर्नेमा जोड दिनुभयो ।

यस्तै नेपालको सन्दर्भमा मानव अधिकारको सवालमा कार्यन्वयनको पक्ष कमजोर रहेको औंल्याउदै उहाँले भन्नुभयो–“मानव अधिकार उत्कृष्ट छ तर कार्यान्वयन गराउन नसक्दा काम देखिएन ।”

Photo3Makawanpur20790213

बागमती प्रदेश सरकारको भौतिक प्रर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले नागरिकको तल्लो तहसम्म मानव अधिकारको विषय पुग्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै मानव अधिकार आयोगको प्रादेशिक कार्यालय स्थापनाको लागि प्रदेश सरकार जग्गाप्राप्ती देखि भवन निर्माण गर्न आर्थिक सहयोग गर्न समेत तयार रहेको बताउनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नागरिकको अधिकार स्थापित गराउन खोज्दा अरुको अधिकार कुण्ठित भो भन्ने आरोप लाग्ने गरेको बताउनुभयो ।

मानव अधिकारको उल्लङ्घन राज्यले गर्छ भन्ने गरिन्छ तर मानव अधिकारको संरक्षण पनि राज्यले नै गर्ने हो भन्दै नागरिकको आधारभूत मानव अधिकारको संरक्षणमा प्रतिवद्ध रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

उहाँले नागरिककले आफ्नो अधिकार माग गर्दा अरुको अधिकार÷हक अवरोध गरेका त छैनौँ भन्ने हेर्न जरुरी रहेको बताउनुभयो ।

यस्तै आयोगको २२औँ वार्षिकोत्सवको शुभकमना दिँदै आयोगको प्रादेशिक कार्यालय प्रदेशको मुकाममा राख्न समेत आग्रह गर्नुभयो ।

Photo5Makawanpur20790213

यसैगरी बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी पुजा सिंहले बर्दीलगाएको प्रहरीबाट मानव अधिकारको उल्लङ्घन हुन्छ भन्ने मान्यतालाई चिर्न जरुरी रहेको बताउनुभयो ।

प्रहरी राज्यको प्रतिनिधि भएकोले प्रहरीले मानव अधिकारको रक्षा र जनतालाई शान्ति सुरक्षाको प्रत्याभूत गराउन सधैँ लागिरहेको बताउनुभयो ।

उहाँले नागरिकको मौलिक हकको रक्षाको लागि पछिल्लो समय प्रहरी कार्यालयमा मानव अधिकार केन्द्रको स्थापना गरी मानव अधिकारका विषयलाई छुट्टै निगरानी गर्दै आएको बताउनुभयो ।

यस्तै वार्षिक प्रतिवेदनका आधारमा मानव अधिकार उल्लङघन गर्ने प्रहरी कर्मचारीलाई दन्डित र पुरस्कृत गराउने गरेका बताउँदै डिआइजी सिंहले प्रहरी मानव अधिकार उल्लङ्घन गर्ने हैन संरक्षण गर्ने निकाय हो भन्ने चिनाउन आग्रह गर्नुभयो ।

उहााले वार्षिकोत्सवको अवसरमा आयोगले थप सशक्त रूपमा पाईलाहरू अघि बढाओस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो ।

पाटन उच्च अदालत हेटौँडा बार एसोसियसनका सचिव अरुण खतिवडाले आयोगले उठान गरेको सवालहरू मननयोग्य रहेको बताउनुभयो ।

उहाँले यौनजन्य हिंसा, बाल श्रम, दलितका सवालमा थप अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

यस्तै थुनुवालाई यातना र अधिकारको विषयमा आयोगलाई खबरदारी निरन्तर गर्न आग्रह समेत खतिवडाले गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मिना लामा, विभिन्न मानव अधिकारसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहको थियो ।

Photo1Makawanpur20790213 Photo2Makawanpur20790213  Photo4Makawanpur20790213

अन्य

भिडियो