गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वैशाख २६ गते खुकुरी प्रहार गर्दा नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन ।
गङ्गादेव गाउँपालिका–५ मा माओवादी केन्द्रका कार्यकर्ता २६ वर्षीय राजेन्द्र परियार, २७ वर्षीय नवराज महर र २५वर्षीय प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष ३० वर्षीय मानबहादुर बुढा र २० वर्षीय कमल बुढा गम्भीर घाइते भएका छन ।
घाइते दुबैजनालई उपचारकालागि नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको छ ।
विवाहको भोज खाएर फर्किदै गर्दा दुईपक्षबिच जम्का भेट भएपछि घटना भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर थमन जिसीले बताउनु भयो । घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरेको टोली घटनास्थल तर्फ गएको इन्सपेक्टर जिसीले बताउनु भयो ।
दुबै पार्टीका नेताहरू आएपछि घटनाबारे छानबिन सुरू गरिने पनि प्रहरीले जनाएको छ ।