INSEC Online

📅 २०८३ जेष्ठ २१

दाइजो मागेको आरोपमा गिरफ्तार

मेचीनगर नगरपालिका–१५ की २२ वर्षीया बेहुलीका ५६ वर्षीय बाबु पुष्पलाल राजवंशीसँग विवाहका क्रममा दाइजोमा मोटरसाइकल मागेको आरोपमा प्रहरीले झापा गाउँपालिका–४ का २८ वर्षीय डेविट चौधरीलाई वैशाख २३ गते मण्डपबाट गिरफ्तार गरेको छ ।

पीडित पक्षसँग आरोपितले वैशाख २३ गते विवाह मण्डपमा मोटरसाइकल बिना बेहुलीलाई सिन्दूर नलगाउने अडान लिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय धुलावारीमा मौखिक उजुरी गरेका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले दाइजो मागेको आरोपमा वैशाख २३ गते इलाका प्रहरी कार्यालय धुलावारीमा लिखित उजुरी दिएको छ ।

प्रहरीले घटनामा अनुसन्धान थालेको जानकारी दिएको छ ।

अन्य

भिडियो