INSEC Online

📅 २०८३ जेष्ठ २१

एमाले वडा सदस्यका उम्मेदवारमाथि कुटपिट

कमला नगरपालिका-१ मा नेकपा एमालेको तर्फबाट वडा सदस्य पदका उम्मेदवार ४५ वर्षीय हरेराम मण्डलमाथि वैशाख २१ गते राति अपरिचित व्यक्तिहरूको समूहले आक्रमण गरी घाइते बनाएको छ ।

घरमा सुतिरहेको अवस्थामा आएका अपरिचित व्यक्तिहरूको समूहले आक्रमण गरेको पीडित मण्डलले बताउनु भयो ।

मण्डलको टाउको, गोडासहितका अङ्गमा रड प्रहार गरेकाले घाउचोट लागेको हो । उहाँको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

घटनाबारे जानकारी आएलगत्तै अनुसन्धान तथा आक्रमण गर्ने व्यक्तिहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषकाा डिएसपी प्रदिपबहादुर क्षेत्रीले बताउनु भयो ।

अन्य

भिडियो