सरुमारानी गाँउपालिका – ६ को बुढीचौरमा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबिच वैशाख २१ गते झडप भएको छ । उक्त झडपमा राजनीतिक दलका कार्यकर्तासँगै आठ वर्षीय सुशील पुन घाइते भएका छन् ।
अन्य घाइते हुनेहरूमा गठबन्धन तर्फका सरुमारानी गाँउपालिका – ६ का ४४ वर्षीय तनबहादुर घर्ती, ३४ वर्षीया निशाख पुन, ३२ वर्षीया आसिमया राउत, ४० वर्षीया लक्ष्मीमया पुन, ४६ वर्षीय हिराबहादुर पुन, ३९ वर्षीय तिलकबहादुर राना, २३ वर्षीय लालबहादुर रोका , ४० वर्षीय तिलक वि क र नेकपा एमाले तर्फ सोही ठाँउका ३४ वर्षीय मनबहादुर पुन, ४० वर्षीय द्रोणबहादुर वि क, र ३५ वर्षीय उमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सुशील थापाले बताउनु भयो ।
नेकपा एमाले कार्यक्रम गरिरहेको स्थानमा गठबन्धन तर्फका कार्यकर्ताहरूले आक्रमण गरेको नेकपा एमालेको सरुमारानि गाँउपालिका अध्यक्ष बसन्त जिसीले बताउनु भयो ।
गठबन्धनका उम्मेदवार र कार्यकर्ताहरू दलले घरदैलो गरेको अवस्थामा नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको गठबन्धन दलले आरोप लगाएको इन्स्पेक्टर सुशील थापाले बताउनु भयो ।
गठबन्धनतर्फका हिराबहादुर पुन, तिलकबहादुर रानाको जिल्ला अस्पतालमा र अन्यको बड्डा स्वास्थ्य चौकी उपचार पछि घर फर्केका छन् ।
घटना स्थलको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सुशील थापाले बताउनु भयो ।