२७ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–३ का २९ वर्षीय कृष्ण नेपालीलाई वैशाख ६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना पछि फरार रहेका आरोपितलाई गोप्य सूचनाका आधारमा बुटवलबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधबराज खरेलले बताउनु भयो ।
पीडितकी आमाले आरोपितले शारीरिकरुपमा अशक्त रहेको फाइदा लिन खोजेको भन्दै कडा कारबाहीको माग गरेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ६ गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।