INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोरखा जिल्ला गण्डकी गाउँपालिका–१ घर भइ हाल चामे बस्ने ४२  वर्षीय विरबहादुर श्रेष्ठलाई  वैशाख ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ३ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय मनाङमा सोही दिन मौखिक उजुरी दिएकी थिइन ।

मौखिक उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी प्रेम सागर केसीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ४ गते जिल्ला अस्पताल मनाङमा गरिएको छ ।

अन्य

भिडियो