विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका -४ ढुङ्रग्रेबासमा बालककाे मृत्यु भएकाे घटनाकाे छानबिन माग गर्दै ०७९ वैशाख ४ गते बिहानैदेखि पीडित पक्षको विरोधका कारण राजमार्ग अवरुद्ध भएको छ ।
फिक्कल गाउँपालिका-१ घर भई हाल कमलामाई नगरपालिका-४ मिलनचोकमा बस्दै आएका १२ वर्षीय श्रृयास भुजेलको मृत्यु भएको विषयलाई लिएर पीडित पक्षले दोषिलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् ।
कमलामाई नगरपालिका वडा नं. ४ र ६ जोड्ने ग्वाङ्ग खोलामा पुल बनाउन खनिएको खाल्डोमा डुबेर वैशाख ३ गते दिउँसो बालकको मृत्यु भएको थियो ।
साथीहरूसँग खोलामा पौडि खेल्न गएका सृयासको मृत्यु पुल निर्माण कम्पनीको लापरबाहीका कारण भएको भन्दै पीडित पक्षले निर्माण व्यवसायीलाई कारबाही गर्न माग गर्दै आएका छन् ।
दोषीलाई कारबहाहीको माग गर्दै वैशाख ४ गते बिहानैदेखि पीडित पक्षले राजमार्ग बन्द गराएका हुन् । स्थानीयले विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका-४ ढुङ्रग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारी साधन गुड्न सकेका छैनन् ।
राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले जानकारी दिनुभयो ।
पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा बोलाईएको र निर्माण व्यवसायि रमेश कुवरलाई वैशाख ३ गते नै गिरफ्तार गिरफ्तार गरी अनुसन्धान जारी रहेको बताउनु भयो ।
दोषीलाई कारबाही नभएसम्म पीडित पक्षले बालकको शव नबुझने अडान राख्दा बालकको शव हालसम्म घटना स्थलमा नै रहेको छ ।