INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय नै बन्द

विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय नै बन्द गरिएको छ । सर्केगाड गाउँपालिका–४ को हिमज्योती माविका विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय नै बन्द गरिएको हो ।

चैत २२ गतेदेखि कक्षा ६ देखि १० सम्मका करिब २० जना विद्यार्थी नाम थाहा नभएको रोगका कारण बिरामी भएपछि चैत २३ गतेदेखि विद्यालय बन्द गरिएको प्रधानाध्यापक जयबहादुर धामीले बताउनु भयो ।

प्रधानाध्यापक धामीका अनुसार चैत २२ गते कक्षा ६ मा अध्ययनरत एक जना छात्रामा हातगोडा बाउडिने समस्या देखिएको थियो । त्यसपछि २० जना भन्दा बढी विद्यार्थीमा यो समस्या देखिएको हो ।

उहाँले भन्नु भयो–‘दैनिक रुपमा छात्राछात्रहरूमा काप्ने, रुने, कराउने र चिच्याउने गर्नुका साथै शरीर बाउडिने लक्षण देखिएका छन् ।’

विद्यार्थी विद्यालयमा अचानक बिरामी हुन थालेपछि चैत २४ गते स्वास्थ्य सेवा कार्यालय हुम्ला र सर्केगाड गाउँपालिका स्वास्थ्य शाखामा बिरामी विद्यार्थीको उपचारका लागि छिटो व्यवस्था गरियोस भन्दै पत्रचार गरिएको प्रधानध्यापक धामीले बताउनु भयो ।

अन्य

भिडियो