INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वपीडितको गुनासो-‘जतिसुकै परिर्वतन भएपनि हामीले न्याय पाएनौँ’ 

मुलुकमा जतिसुकै परिर्वतन भए पनि सशस्त्र द्वन्द्वकालका पीडितले न्याय पाउन नसकेको एक कार्यक्रममा सहभागी द्वन्द्वपीडितले गुनासो गरेका छन् ।

‘विस्तृत शान्ति सम्झौता भएको दश वर्षपुरा भयो । यस बिचमा धेरै परिर्वतन भए । धेरै सरकार निर्माण भए तर कुनै सरकाले द्वन्द्वपीडितको घाउमा मल्हम लाउन सकेनन् । जतिसुकै परिर्वतन भए पनि हामीले न्याय पाएनौँ ।’-पीडितहरूले दुःख व्याक्त गरे ।

स्थानीय शान्ति समितिले चैत २८ गते सन्धिखर्कमा आयोजना गरेको शान्ति प्रवर्धन, द्वन्द्व व्यवस्थापन र मेलमिलापसम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागी द्वन्द्वपीडितहरूले यस्तो गुनासो गरेका हुन् । छत्रदेव गाउँपालिका-७ का द्वन्द्वपीडित नारायण न्यौपानेले भने-‘विस्तृत शान्ति सम्झौतापछि द्वन्द्वपीडितका पीडा सम्बोधन र न्याय पाउनेमा आशावादी थियौँ । तर, न्याय पाउन सकिएन । पीडितहरू कहिल्यै सरकारको प्राथामिकतामा परेनन् ।’

सशस्त्र द्वन्द्वकालको समयमा अङ्गभङ्ग भएका छत्रदेव गाउँपालिका-७ कै जङ्गबहादुर परियारले भने-‘ हामीलाई तिमीले न्याय पाउँछौ भन्दै कहिले कहाँ त कहिले कहाँ उजुरी गर्‍यौँ । कसैले पनि उजुरी गरेपछि खबरै गरेनन् । न्यायको आशा मारौँ मन थाम्न सकिँदैन । आशा गर्दा न्याय पाइँदैन ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डिल्लिराज पोख्रेलले भने-‘द्वन्द्वपीडितको गुनासो स्वभाविक भएकोले राज्यले द्वन्द्वपीडितलाई सकेसम्म छिटो न्याय दिनुपर्छ ।’

अर्घाखाँची जिल्लाबाट सत्य निरूपण तथा मेलमिलाप आयोगमा ३ सय ४० वटा र बेपत्ता पारिएका व्याक्तिको छानबिन आयोगमा १३ वटा उजुरी परेका छन् ।

अन्य

भिडियो