INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाको कार्यलय बन्द हुँदा सेवाग्राही समस्यामा

कर्मचारी कुटिएको भन्दै खनियाबास गाउँपालिकाको कार्यालय बन्द हुँदा सेवाप्रवाह फागुन २२ गतेदेखि बन्द भएको छ ।

गाउँपालिकाका कर्मचारी इन्जिनियर खनियाबास गाउँपालिका-४ निवासी ३० वर्षीय प्रवल तामाङ र सब इन्जिनियर खनियाबास गाउँपालिका-१ निवासी श्रीसन तामाङमाथि खनियाबास गाउँपालिका-१ मा कुटपिट भएको कर्मचारीहरूको आरोप छ ।

बागमती प्रदेश सरकारले खनियाबास गाउँपालिकाको झार्लाङमा खेलकुद मैदान निर्माणका लागि ३० लाख रूपैयाँ बजेट बिनियोजन गरिएको थियो ।

खेलकुद मैदान निर्माणको मूल्याङ्कन गर्न गएको बेला ठूलो रकम घुस मागेको आरोपमा स्थानीय बासिले कुटपिट गरेको कर्मचारीहरूको आरोप छ ।

गाउँपालिका कार्यालय फागुन २२ गतेदेखि बन्द हुदाँ सेवाग्राहीको सबै काम रोकिएको छ ।

पीडितहरूले फागुन २१ गते कुटिपट भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा फागुन २३ गते खनियाबास गाउँपालिका-१ का २८ वर्षीय राजु तामाङ, ३२ वर्षीय धनु तामाङ विरुद्ध अभद्र व्यवहार अन्तरगत मुद्दा दर्ता गरेको छन् ।

घटनाको सम्बन्धमा युवासङ्घ नेपाल खनियाबास गाउँ कमिटिले प्रेस विज्ञप्ति प्रकाशित गर्दै कर्मचारिले अनियमित रूपमा रकम माग गरेका कारण स्थानीयबासीसँग वादविवाद भएको तर कुटपिट नभएको उल्लेख गरेको छ ।

गाउँपालिकाको कार्यलय बन्द हुँदा पालिकाले सञ्चालन गर्ने नियमित क्रियाकलाप बन्द भएको छ । कर्मचारी कार्यालय बाहिर बसेर काम रोकेर आरोपितहरूलाई कारबाहहीको माग गरिरहेका छन् ।

अन्य

भिडियो