INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक सबैकालागि सन्दर्भ सामग्रीः मुख्य न्यायधिवक्ता

नेपाल मानव अधिकार वर्ष पुस्तक सबैका लागि सन्दर्भ सामग्री भएको लुम्बिनी प्रदेशका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीले बताउनु भएको छ ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा फागुन २१ गते बुटवलमा आयोजित लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।

सुवेदीले इन्सेकले ३० औं वर्षदेखि निरन्तररुपमा प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक महत्वपुर्ण दस्तावेज भएको दाबी गर्नु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को तथ्यांकले लुम्बिनी प्रदेशमा सबै भन्दा बढी महिला हिंसाका घटना भएको देखाएको बताउदै हिंसा न्यूनिकरणका लागि प्रदेश सरकारले पहल गर्ने बताउनु भयो ।

photo2022030501rupandehi

इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार उल्लंघनका घटना अन्य प्रदेशको भन्दा बढी रहेको बताउदै लुम्बिनी प्रदेशका अधिकाश कारागारको अवस्था दयनिय रहेको बताउनु भयो ।

संयोजक महतले लुम्बिनी प्रदेशमा सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ७ सय ८६ जना पीडित भएको बताउदै तथ्यांक प्रस्तुत गर्नु भयो । प्रस्तुत तथ्यांक अनुसार  गिरफ्तारी घटनामा तीन जना, महिला अधिकार उल्लंघनका घटनामा १ हजार २ सय ८४ जना, बाल अधिकार उल्लंघनका घटनामा २ सय ९५ जना पीडित भए । यसैगरी, राज्य पक्षबाट ५ जना र अन्यपक्षबाट ४० जना गरी ४५ जनाको हत्या भयो

photo2022030503rupandehi

कार्यक्रममा मानव अधिकार शान्ती समाजका केन्द्रीय सभापति गोबिन्द खनालले मानव अधिकारको क्षेत्रमा सरकारले चासो नदिएको बताउनु भयो । राज्य गम्भीर नभएका कारण बलत्कार र यौन जन्य हिंसाका घटना बढेको खनालले आरोप लगाउनु भयो ।

कर्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, मानव अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम प्रदेश संयोजक भोला महतको अध्यक्षता तथा इन्सेक जिल्ला सहजकर्ता बिष्णु घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

photo2022030502rupandehi

अन्य

भिडियो